साना स्तरको सुदृढीकरण
विकाशोन्मुख विश्वमा जनसंख्याको एक महत्वपूर्ण भाग ग्रामीण छ । गाउँलेहरुले आफ्ना खाद्यान्नहरु आफैले उमार्ने ब्यबस्था गर्दछन्, जस्तै मकैं वा सर्गुम (Sorghum) तथा कच्चा अनाजहरु सानो सामुहिक मिलहरुमा लगेर पिढिन्छन् । यी सामुहिक मिलहरु बिशेष प्रकारको पानी वा डिजेल/बिजुलीबाट चल्ने गर्दछ र यसरी पिढेंको अन्न मुख्य खानाको रुपमा उपभोग गरिन्छ । यसरी अनाज प्रशोधित हुन्जेल अन्नको पीठो सानो स्तरीय सुदृढीकरण (SSF)को माध्यमबाट ठूलो संख्यामा ग्रामीणका मानिसहरुलाई सूक्ष्म पोषण तत्वहरुको ढुवानीको विस्तार गर्न एउटा उत्कृष्ट अवसर प्रदान गर्दछ ।
सानो स्तरीय सुदृढीकरणका लागि प्रविधिः
हाम्रा योजना(projects)हरुले प्रारम्भिक सूक्ष्म पोषणमा हाम्रा हिस्सेदारहरुले विकसित गरेको सुदृढीकरण प्रबिधिको सदुपयोग गर्दछन् । यो उपकरण अर्ध स्वचालित साधन हो जसमा दुई वटा सोलीहरु (hoppers) हुन्छन् -एउटा सानो र अर्को ठूलो । सानो सोली पीठोको मिश्रणको लागि हो भने अर्को ठूलो चाहि अनाजहरुको लागि हो । यी दुई सोलीहरुबाट पीठोको मिश्रण तथा अनाजहरु सिधै क्रमश: पीठो मिश्रण संकलक तथा अनाज संकलककोमा जान्छन् । बाँकी मिश्रण मिलको मुख्य पेल्ने डिस्क(grinding disc)मा जान्छ ।
अनाज संकलक (grain collector) लाई छ बराबर डब्बा(compartment)मा बिभाजित गरिएको छ र अनाजको भारले गर्दा ड्रम धुम्छ त्यसैले यसलाई कुनै बिजुली बत्तीको आवश्यकता पदैन । अनाजहरु सोलीबाट डब्बामा जाने बित्तिकै गुरुत्वाकर्षणले यो धुम्छ र पिढ्ने डिस्क तिर अनाजहरु बाँड्छन् जान्छन् । त्यसै गरी, अनाज संकलकको जस्तै मिश्रण संकलक (premix collector) को पनि उही संख्यामा डब्बाहरु हुन्छ र उही गतिमा संगसंगै धुम्छ । यदि अन्न सोलीमा राखेन भने वा सोली खाली भयो भने अन्न संकलक घुम्न बन्द हुन्छ, जसले गाउँ स्तरमा पनि सुदृढीकरण सुरक्षामा सुनिश्चित गर्दछ ।
। PCHले हाम्रो साझेदारहरुसंग मिलेर प्रारम्भिर सूक्ष्म पोषण र Ansara Family Foundation बाट प्राप्त हुने कोषबाट, नेपाल भरी बृहतरुपमा साना स्तरको सुदृढीकरणको कार्यान्वयन गर्न कार्यक्रमको ढाँचा तयार गर्नमा जमीन फोर्ने(ground breaking) कार्य गर्दछ । यसको अतिरिक्त PHC ले पूर्वी अफ्रिका भरी धेरै ठूलो कार्यक्रमको आशा बोकेर Rwanda देश भित्र SSF कार्यक्रमको ढाँचाको शुरु गर्न थालेको छ । सानो स्तरीय सुदृढीकरणले ग्रामीण जनसंख्यामा पुग्ने यस्तो एउटा धेरै महत्वपूर्ण प्रविधिहरुको आविष्कार(break-through) गर्ने वाचा गरेको छ जहाँ आवश्यकता विशाल हुन्छ । सीमाना कार्यक्रम(border program) सर्ने (rolling out) संग जोडिएको यो सामाजिक तथा आर्थिक प्रश्नहरुको समाधान गर्न स्वास्थ्य समुदायको असामर्थ्यताले गर्दा बाचा (promise) अहिले सम्म पनि पूरा हुन सकेको छैन ।

