सूक्ष्मपोषण तत्वहरुका उदाहरण
संयुक्त राज्य अमेरिकाको जनसंख्या दुइ अर्ब भन्दा बढी छन् जुन यसको ६ गुणा भन्दा बढी मानिसहरु सूक्ष्मपोषण तत्वहरुको कमीले पीडित छन् । विश्वभर हुने नोक्सानीको मात्रा विशाल छ : सिर्फ यो विचार गर्नुहोस् कि भिटामिन तथा खनिज पर्दाथको कमीले गर्दा वार्षिक ५००००० बाल-बालिकाहरु अन्धा हुन्छन् जसले गर्दा ३००००० न्यूरल टयूब जन्म दोषहरु (neural tube birth defects) का कारणबाट स्पिना बिफिडा(spina bifida), १०% देखि १५%ले आइ.क्यू. (IQ) घट्ने तथा सामान्य बाल्यावस्था संक्रमणबाट २३% देखि ४०%ले मृत्यु हुने जस्ता खतरामा बृद्धि हुन्छ । जिंक (zinc) को कमीले प्रायः देखिने झाडा पखाला २५%ले बृद्धि गर्दछ जसलॆ विकासोन्मुख विश्वमा ३.८ बाल बालिकाहरुमा एक जनालाई प्रभाब पार्दछ र यसले प्रत्येक बर्ष झण्डै पाँच लाखको ज्यान लिन्छ । विकासोन्मुख राष्ट्रको कुल ग्राहस्थ उत्पादनको करिब २% स्वास्थ्य सेवा प्रणालीमा यिनीहरुको कारणबाट र कम उत्पादकत्वको कारणले गुमाउनु पर्ने हुन्छ -केही सेन्ट(cents)हरु मात्र एक बर्षको लागि सबै बचाउन सकिन्छ ।
फोलिक एसिड (Folic Acid) जन्म दोषहरु रोक्ने "अनौठो औषधी" हो
फोलिक एसिड र भिटामिन "बी" कमप्लेक्स् भन्दा बढी प्रभाबकारी जन्म दोष रोक्ने अरु कुनै छैन । यो शुरुमा स्पिना बिफिडा तथा अनेन्सेफली(Anencephaly) जस्ता न्यूरल ट्यूब दोषहरु (NDT) कम गर्ने साधनको रुपमा पहिचाहन गरिएको थियो तर गर्भावस्थाको पहिलो पाचँ हप्ताको अवधिमा फोलिक एसिड पर्याप्त मात्रामा खानाले ७२%ले एन.टी.डी.(NTD) मा कमी आएको कुरा अध्ययनबाट देखाइयो र ब्रेनस्टेम (Brainstem) तथा भ्रुण निमार्णको विकासमा फोलिक एसिडले सहयता गर्ने हुनाले ४०%ले चिरेको ओठ (Cleft lip) र तालु (Palate) घट्छ भन्ने कुरा अहिले थाहा भयो र धेरै मुटुका रोगीहरु जन्मिनबाट रोक्न यसले सहायता गर्दछ भनी विश्वास गरिन्छ ।
फोलिक एसिड सुदृढीकरण कार्यक्रम लागत बार्षिक प्रति व्यक्ति पाँच सेन्टस् जति लाग्छ ।
![]()
आइरन (Iron), अति तत्काल आवश्यकताको सम्बोधन गर्दै
आइरनको कमीले गर्दा चार अर्ब जति मानिसहरु सिक्ने सामथ्र्य तथा कार्य क्षमतामा ह्रास आउन सक्दछ -र दुइ अर्ब मानिसहरु रक्तअल्पता (Anaemic)बाट प्रभावित छन् । प्रत्येक बर्ष विकान्सोमुख विश्वमा बस्ने ४०% भन्दा बढी बाल बालिकाहरु आइरन रक्तअल्पताको कमीबाट (Iron deficiency anaemic) पिडीत छन् । ५००००० भन्दा बढी महिलाहरुको स्वास्थ्यमा प्रभाव पारी र प्रत्येक बर्ष ६०००० भन्दा बढी बाल बालिकाहरुको मृत्यु गराउँदछ । स्कूल जाने बाल बालिकाहरुमा रक्तअल्पताले स्कूल कि्रयाकलापमा ५% देखि १७%ले ह्रास ल्याउँदछ र साथै सामान्य रक्तअल्पताले शारीरिक कार्य क्षमतामा पनि कमी ल्याउँदछ ।
आइरन सुदृढीकरण कार्यक्रमको लागत बार्षिक प्रति व्यक्ति पाँच सेन्टस् जति लाग्छ ।
![]()
भिटामिन "ए"ले अन्धो हुनबाट मात्र बचाउने होइन
बाल बालिकाहरुमा भिटामिन "ए" को कमीले रोगथाम गर्न सकिने अन्धोपना वार्षिक ५००००० बिरामीहरु अग्रणीय स्थानमा भएको स्वीकार गरिएको छ ; गरीबी विकाशोन्मुख विश्वको लागि सबै भन्दा दुखद परिणाम हो । एउटा बच्चा हरेक मिनेटमा अन्धो हुन्छ भने हरेक पाँच सेकेन्डमा वयस्क । एक बर्ष भित्रै ७०% भन्दा बढी यी बाल बालिकाहरुको मृत्यु हुन्छन्- यी मध्ये ७५% अन्धोपनलाई रोकथाम या उपचार गर्न सकिन्छ ।
हाल सालै मात्र भिटामिन "ए" ले महिला तथा बाल बालिकाहरुको प्रतिरक्षा प्रणालीमा सहयोग पुर्याउने कुरा देखाएको छ । भिटामिन "ए" को उचित मात्राले संक्रमणबाट मृत्यु हुने जोखिम २३%-४०% ले कम गर्दछ भने यसको कमीले मानिसहरुमा मलेरिया दादूरा जस्ता रोगहरु लागेर गम्भीर बिरामी वा मृत्यु हुने जोखिम २३% ले बृद्धि गराउँछ । यसको कमीले एच.आइ.भी.(HIV);ए.आइ.डी.एस्.(AIDS)बाट पीडित रोगीहरुको उपचार तथा आयुमा पनि असर पार्दछ ।
भिटामिन "ए" सुदृढीकरण तथा परिपूरक कार्यक्रमको लागत बार्षिक प्रति व्यक्ति पाँच सेन्टस् जति लाग्छ ।
![]()
आयोडिनले अब गलगाँड हुँदैन
नूनमा आयोडिनको सफलतापूर्वक परिचय भएपनि यसको फाइदा मूलतः गलगाँडमा लक्षित गरेको थियो । आयोडिनले धेरै हद सम्म बौद्धिक विकासमा प्रभाव पार्दछ भन्ने कुरा अहिले थाहा भयो । आयोडिनको कमीले आई.क्यू.मा १०% देखि १५%ले कम गर्दछ जसले क्रेटिनिजम(cretinism), वयस्कहरुमा सजगता तथा एकाग्रतामा कमी तथा अन्घो गराउँछ ।
अहिले पनि विश्वको धेरै जसोले आयोडिन युक्त खाना खास गरी नून पर्याप्त पाउन सकिरहेका छैन । खाद्यान्न सुदृढीकरण कार्यक्रम कति प्रभावकारी हुन सक्छ भन्नेको एउटा उदाहरण आयोडिनीकरण (Iodisation programs) कार्यक्रम हो । ल्याटिन अमेरिका (Latin America) तथा क्यारिबियन (Caribbean)देशहरुमा बस्ने ८६% मानिसहरुले नून युक्त खानाको उपभोग गर्दछ र अझै पनि धेरै कम विकसित देशहरुमा यसको प्रतिशत ५२%ले तल झरेको छ । १९९० र आजको बीचमा ९१०००००० भन्दा बढी बाल बालिकाहरुलाई सुरक्षित गरी आयोडिन सुदृढीकरणका प्रयासहरुबाट सुरक्षित गरिएको जनसंख्याको प्रतिशत २०% देखि ७०% सम्म बृद्धि भएको छ तर अझै पनि ४१०००००० भु्रण तथा शिशुहरु यसबाट असुरक्षित नै छन् । त्यसैले यो कार्य समाप्त हुन धेरै बाँकी छ ।
आयोडिनको कमीलाई निवारण गर्न सकिने मानसिक सुस्तताको पहिलो कारण मानिन्छ र सुदृढीकरण कार्यक्रमको लागत वार्षिक प्रति व्यक्ति करिब २ सेन्टस् पर्न आउँछ ।
![]()

