आयोडिनको महत्व
आयोडिन त्यो बेला माटो र पानीमा पाइने एक खनिज पर्दाथ हो । यद्यपी जब पृथ्वीको भूविज्ञानको विकास भयो धेरै जसो माटोमा भएको आयोडिन भू-क्षय तथा हिउँको पानीले समुन्द्रमा बगाएर लानाले जसले गर्दा समुन्द्री बोट बिरुवा तथा माछाहरुमा आयोडिन पाइन्छ ती माटोमा उमि्रएको खानाहरुमा आयोडिनको मात्रा कम पाइयो (विशेष गरी पहाडी क्षेत्रहरुमा) ।
आयोडिनले थाइरोइड ग्रन्थि(Thyroid gland)मा हर्मोनको सुरक्षा गर्न मद्दत गर्दछ । यी हर्मोनहरुको धेरै कार्यहरु छन् जुन शारीरिक तथा मानसिक स्वास्थ्यको लागि आवश्यक छन् । थाइरोइड हर्मोनको कमीले गर्दा घाँटीमा धेरै स्पष्टसंग देखिने ठूलो गलगाँड आउने भए पनि यसले मस्तिष्कमा बढी हानी गर्दछ जुन उचित विकासको लागि यी हर्मोनहरुमा निर्भर गर्दछ । सबै भन्दा बढी कमजोर हुने समय भ्रुण निर्माणको बेलामा हो र यसले गर्भपतन (miscarriage), मृत बच्चा जन्मने (stillbirth) तथा अन्य जन्मजात विसंगतिहरु (congenital anomalies)को सृजना गराउँछ ।
विश्वको ७०% भन्दा बढी बाल-बालिकाहरु अहिले आयोडिनको समस्याबाट प्रतिरक्षा छन् भने गरीब देशहरुमा अझै बाल-बालिकाहरु बाँकी ३०% ले बंचित छन् ।
खानामा आयोडिन संयोजन गरेर पनि यसको कमीलाई सजिलैसंग समाधान गर्न सकिन्छ र यसको वार्षिक प्रति व्यक्ति लागत दुई सेन्ट(two cents) जति पर्दछ । विकाशोन्मुख विश्वमा बाल-बालिकाहरुको शिक्षाको विकास जस्ता अन्य कार्यक्रमहरुको उतिकै आवश्यकता भए पनि लागतको हिसाबले बढी प्रभावकारी साधना भनेको आयोडिनको उपचारबाट IQ मा सुधार तथा बौद्धिक विकासमा बृद्धि गर्नु हो ।
आयोडिन कमी सम्बन्धी अरु पढ्नुहोस्
प्रारम्भिक सूक्ष्म पोषण तत्वहरु
http://www.micronutrient.org/
आयोडिन कमीलाई सदा उन्मूलनको लागि नेटवर्क
http://206.191.51.240/
आयोडिन रोगहरु नियन्त्रणको लागि अन्तराष्ट्रिय परिषद
http://iccidd.server295.com/index.php
यूनिसेफ विश्वभरी आयोडिन स्कोरकार्ड
http://206.191.51.240/Score_Card/Score_Card_2006.html
विश्व स्वास्थ्य संगठन
Worldwide Iodine Status (downloadable pdf)
यूनिसेफ
http://www.unicef.org/nutrition/index_iodine.html

