VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

एच.आई.भी. तथा संक्रमण रोग

२००१ सालमा यूनिसेफले यो अनुमान गरियो कि १५ बर्ष भन्दा मुनिका ८००००० बाल बालिकाहरुलाई एच.आई.भी. लाग्यो, ती मध्ये ९०% आमाबाट बच्चामा सर्दछ जहाँ आमाले बच्चालाई दूध खुवाए रोग सर्ने जोखिमबाट बंचित हुन सक्दैन, या दूध नखुवाउनाले शिशुको मृत्यु झन् छ गुणाले बृद्धि हुन्छ । यसको अतिरिक्त बृहत संख्यामा आमाहरु एच.आई.भी.को स्थिति प्रति सचेत नभएको कारणले गर्दा आमाको अज्ञानताले प्रायः आमाबाट बच्चामा सर्दछ ।

अहिले यो व्यापक रुपमा स्वीकार गरिन्छ कि यो रोग लागेको बच्चामा पर्याप्त मात्रामा भिटामिन "ए", आइरन तथा जिंकहरु छन् भने यिनीहरुको बाँच्ने दर यिनीहरु नभएको बच्चाको दाँजोमा धेरै नै हुन्छ । जब एच.आई.भी. बिरुद्ध लड्न विशाल धनराशी र कर्मचारीको विस्तार गरियो, बचावतमा सुधार गर्ने केही सब भन्दा सजिलो तथा कम खर्चिलो साधनलाई बेवास्ता गरियो ।

त्यो कुरा अन्य डरलाग्दा संक्रमण रोगहरुको लागि यथार्थ हो । रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार मलेरिया, दादुरा तथा झाडाले प्रत्येक बर्ष पाँच बर्ष मुनिका बाल बालिकाहरु झण्डै तीस लाखको मृत्यु गर्दछ । क्षयरोगले हरेक बर्ष बीस लाख मानिसहरुको मृत्यु गराउँछ जब कि उष्ण प्रदेशमा लाग्ने रोगहरुको हेलचेक्राइले थप पाँच लाखको ज्याँन लिन्छ । अझै उचित सूक्ष्म पोषण युक्त खानाबाट २०% वा सो भन्दा बढी यी रोगहरुबाट हुने मृत्यु दर तथा अस्वस्थ्यतालाई कम गर्न सकिन्छ ।

सूक्ष्म पोषणहरु विश्वको महामारी रोग ए.आई.डी.एस. समाधान गर्ने महत्वपूर्ण साधन हुन् र साथै मलेरिया तथा क्षयरोग जस्तै समान रुपले ध्वस्त पार्ने संक्रमणक रोग हुन् । सूक्ष्म पोषण तत्वको कमीहरुले गर्दा अन्धोपना, जन्मजात जन्म दोषहरु, मानसिक सुस्तता तथा रक्तअल्पता जस्ता रोकथाम गर्न सकिने लाखौं समस्याहरु गराउँछ । यी समस्याले स्रोत(Resources) हरुलाई संक्रमक रोगको उपचार तथा निवारणको जटिल समस्याबाट हटाउँछ । वातावरण नियन्त्रित गरिएको स्रोतमा रोकथाम गर्न सकिने स्वास्थ्य सम्बन्धी समस्याहरुका लागि निको पार्न सकिने मापक तिर अनावश्यक तवरले पैसा तथा ध्यानलाई अन्यत्र बदलिन्छ र यो विश्वभरीका संक्रमक रोग हटाउने कार्यबाट अन्यत्र बदलिन्छ ।

एच.आई.भी. बढ्दा, सूक्ष्म पोषण तत्वको कमी तथा कुपोषणको समस्याहरुमा बृद्धि हुन्छ । एच.आई.भी.ले ११०००००० भन्दा बढी बाल बालिकाहरुलाई टुहुरा बनाएका छन् जसले आफ्नो हेरचाह आफैले गर्नु पर्दछ र कुपोषणको धेरै स्तरहरुबाट पीडित छन् ।

विगतका समयमा जहाँ पनि सधै वयस्कले कार्य गर्थ्यो-बिऊ रोप्ने र खेतहरु जोत्ने, अहिले त्यो ठाउँमा चार वयस्क मध्ये एक जनामा एच.आई.भी.-पजिटिभ देखिने प्रायः मानिसहरु काम गर्दा धेरै बिरामी हुने वा पहिले नै मृत्यु भैसकेको हुने र ८ वा ९ बर्षको उमेरका केही बाल बालिकाहरु एक्लैले संधर्ष गनु पर्ने हुन्छ ।
- यूनीसेफ का गूडवील अंबस्सदर रोगेर मूरे ज़ाम्बिया मा