VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

फोलिक एसिडको महत्व

गर्भाधान हुनु अगाडि वा पछाडि विशेष जीनको हेरफेरबाट जन्मजात विसंगतिहरु आउँछन् । विश्वमा आज जन्मजात विसंगतिहरुको दोस्रो सबै भन्दा ठूलो श्रेणी न्यूरल ट्यूब दोषहरु (NDT) हो । अध्ययनबाट यो देखाउँछ कि गर्भाधान हुनु भन्दा एक महिना अगाडि र पहिलो तीन महिनाको अवधिमा भिटामिन B9 (फोलिक एसिड) खानाले ७२% जति NDT कम गराउँछ ।

न्यूरल ट्यूब भनेको भु्रण संरचना हो जुन पछि गएर मस्तिष्क र सुषुम्ना त्यान्द्रो (spinal cord) बन्दछ । NDT भएर जन्मने बच्चामा जन्मजात विसंगतिहरु हुन्छन् जसले न्यूरल ट्यूबमा प्रभाब पर्दछ । NDT को कारणले हुने दोषहरु स्पिना बिफिडा र अनेन्सेफली दुई प्रमूख हुन् र यसको कारणले हुने बिरामीहरु ९०% छन् भने बाँकी १०% अनेन्सेफली हुने गर्दछ ।

स्पिना बिफिडालाई ओपन स्पाइन (open spine) को रुपमा पनि चिनिन्छ र यसले प्रायः मानसिक विकासमा कमजोर मांसपेशीय पक्षघात स्पर्शको अनुभूतिमा ह्रास संक्रमण तथा मुत्राशय नियन्त्रणमा ह्रास जस्ता अति गम्भिर जोखिम हुन्छन् । अनेन्सेफलीले गर्दा बच्चाहरु जन्मदा मस्तिष्क र खप्परको राम्रो विकास भएको हुदैन र यस्ता बाल बालिकाहरु प्रायः जन्मदा खेरी नै मृत्यु हुन्छन् । अनेन्सेफलीले खप्परमा प्वाल पार्दछ जसबाट मस्तिष्कका तन्तुहरु बाहिर निस्कन्छन् र यस्ता बच्चाहरु साधारणतयाः बाँच्छन् तर गम्भिर मानसिक अशक्तताबाट पीडित हुन्छन् ।

चिरेको ओठ र तालूले प्रत्येक १००० जन्ममा एउटालाई प्रभावित पार्दछ-विश्वमा सबै भन्दा बढी देखिने जन्म दोषहरु । जब बालबालिकाहरु चिरेको ओठ (cleft) भएर जन्मिन्छन् तिनीहरु र तिनीहरुको परिवारले विभिन्न प्रकारले नराम्रा मौखिक जलसंयोजन(oral hydration),क्यालोरीको कुपोषण (caloric malnutrition), स्कूलमा जान नसक्ने र समुदायबाट अपवर्जन (community exclusion) हुने समेत हुन्छन् ।

फोलिक एसिड सम्बन्धि अरु पढ्नुहोस् :

द मार्च अफ् दाइम्स
http://www.marchofdimes.com/pnhec/173_769.asp

प्रारम्भिक सूक्ष्मपोरषण
http://www.micronutrient.org/

प्रारम्भिक पीठो सुदृढीकरण
http://www.sph.emory.edu/wheatflour/index.php

रोग नियन्त्रणको लागि केन्द्र
http://www.cdc.gov/ncbddd/folicacid/index.htm
http://www.cdc.gov/nccdphp/dnpa/immpact/micronutrient_facts.htm#Folic%20Acid