VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

सुदृढीकरणको आर्थिक लाभहरु के के हुन्?

अफ्रिका भित्र मात्र यो अनुमान गरिन्छ कि सूक्ष्म पोषणको कमीले शारीरिक श्रम क्षेत्रको लागत वार्षिक $५०००००००० भन्दा बढी लाग्छ भने स्कूल जाने बाल बालिकाहरको कम बौद्धिक कार्य सम्पादनले अन्ततः अफ्रिकाको मितव्ययीतामा वार्षिक $२०००००००० लाग्छ ।

विश्व जनसंख्याको एक तिहाइ भन्दा बढी आयोडिनको कमीको जोखिममा छ जसले गर्दा मानसिक सुस्तता, कम आई.क्यू. तथा अन्य बौद्धिक समस्याहरु हुन्छन् । आयोडिन युक्त नून सबै भन्दा सजिलो तथा सस्तो सुदृढीकरण कार्यक्रम हो र राष्ट्रको शैक्षिक विकासमा यसको धेरै निकटतम प्रभाब छ । विशाल धनराशी शिक्षामा मात्र खर्च गर्नु भन्दा पनि आयोडिन कमीबाट मानसिक कमजोर हुनेहरुलाई मानसिक रुपमा स्वस्थ्य बनाउन त्यसको केही रकम यसमा पनि खर्च गर्नु अझ राम्रो हुन्छ ।

विश्वको झण्डै आधा महिलाहरु तथा करिब एक तिहाइ बाल बालिकाहरु आइरनको कमीले पीडित छन् । रक्तअल्पताको कारणले २०% भन्दा बढी आमाहरुको मृत्यु हुन्छन्, आइरनको कमीले हुने रक्तअल्पताको कारणबाट स्कूल जाने बाल बालिकाहरुको कार्यसम्पादनमा २.५%ले ह्रास आउने बिश्वास गरिन्छ र रक्तअल्पता भएको प्रारम्भिक चरणमा यसले झन ५% देखि १७% ले स्कूलको कार्य क्षमतामा कमी ल्याउँछ ।

भिटामिन "ए" को पर्याप्त स्रोतहरुको कमीले गर्दा रोकथाम गर्न सकिने बाल्यावस्थामा हुने अन्धोपनाले एक्कासी ५००००० बाल बालिकाहरुलाई प्रभाबित पार्दछन् र बच्चाले एक चोटि दृष्टि गुमाएपछि त्यसको उपचार नहुने भएकोले तिनीहरुको बाँकी जीवनहरु तिनीहरुको स्वास्थ्य सेवा तथा आर्थिक प्रणालीमा बोझ पर्न जान्छ र साथै प्रतिरक्षा प्रणालीमा भिटामिन "ए"को यस्तो तीब्र प्रभाब पर्ने भएकोले यसको कमीले बाल्यावस्थामा संक्रमणको शिकार हुने सम्भाबना २३%-४०% जतिले बृद्धि हुन्छ र दादुरा तथा मलेरिया जस्ता बिमारहरुको जोखिम तथा निको हुन लाग्ने समयमा बृद्धि गर्दछ ।

भिटामिन "ए" को पर्याप्त स्रोतहरुको कमीले गर्दा रोकथाम गर्न सकिने बाल्यावस्थामा हुने अन्धोपनाले एक्कासी ५००००० बाल बालिकाहरुलाई प्रभाबित पार्दछन् र बच्चाले एक चोटि दृष्टि गुमाएपछि त्यसको उपचार नहुने भएकोले तिनीहरुको बाँकी जीवनहरु तिनीहरुको स्वास्थ्य सेवा तथा आर्थिक प्रणालीमा बोझ पर्न जान्छ र साथै प्रतिरक्षा प्रणालीमा भिटामिन "ए"को यस्तो तीब्र प्रभाब पर्ने भएकोले यसको कमीले बाल्यावस्थामा संक्रमणको शिकार हुने सम्भाबना २३%-४०% जतिले बृद्धि हुन्छ र दादुरा तथा मलेरिया जस्ता बिमारहरुको जोखिम तथा निको हुन लाग्ने समयमा बृद्धि गर्दछ । फोलिक एसिड, भिटामिन "बी" मिश्रण (compund)ले स्पिना बिफिडा जस्ता न्यूरल ट्यूब दोषहरको व्यापकतामा ७०% भन्दा बढीले र चिरिएको ओठ तथा तालुहरु ४०%ले कम गराउँछ - दुबैको उपचार गर्न शल्यक्रिया खर्च धेरै महंगो पर्दछ । विकाशोन्मुख देशहरुमा जब बच्चा गम्भीर जन्म दोष भएर जन्मिन्छ त्यो बच्चाको हेरचाहको लागि विशेष तरीकाले आमालाई आर्थिक प्रणालीबाट अलग्ग गरिन्छ र बुबाले परिवारको लागि कमाएर ल्याउने ठूलो जिम्मेवार शुरु हुन्छ । परिणाम स्वरुप औषधि उपचार खर्चले स्वास्थ्य सेवा प्रणालीमा मात्र भार थपिने होइन, त्यो परिवारको आर्थिक संरचनाले पनि बरबाद वा प्रायः स्वाहा पार्दछ ।

देशहरुमा गम्भीर आर्थिक चुनौति वा एच.आई.भी./ए.आई.डी.एस., मलेरिया, क्षयरोग, भोक वा डेङ्गी ज्वरो जस्ता प्रमुख स्वास्थ्य सेवा समस्याहरुबाट पीडित हुनु भनेको सुदृढीकरणी समस्या भन्दा ठूलो हो । गणना गर्न सकिने सुदृढीकरणको लागतले स्पष्टसंग प्रकट हुने रोगहरुको उपचार गरे वापत लाग्ने खर्च निर्धारण गर्न सकिने हुनाले देशको लागि आर्थिक लाभ वा आर्थिक प्रतिफल भौतिक तथा तत्कालिक हुनु पर्दछ । फोलिक एसिड सुदृढीकरणको लागि मात्र वार्षिक आर्थिक प्रतिफल १००:१को अनुपातले बढी छ ।