VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

रवान्डा मा बृहत सूक्ष्म पोषण रणनीति

उच्चतरको सूक्ष्म पोषणबाट सम्बोधन गर्न सकिने अपरिहार्य स्वास्थ्य सेवा समस्याहरुको समाधान गर्नको लागि विश्वव्यापी रणनीतिको कार्यान्वयन तथा ढाँचा तयार गर्न PHC ले २००७ देखि रवान्डाn सरकारसंग नजिक भएर कार्य गरिरहेको छ ।

अफ्रिकामा संक्रमण रोगसंग जोडिएको सामाजिक तथा आर्थिक लागतहरु विश्वको कुनै अन्य भागमा भन्दा बढी हुन्छ । एच.आई.भी., मलेरिया, झाडा, दादुरा, अन्धोपना तथा क्षयरोगहरुले सामूहिक रुपमा धेरै जसो महाद्वीपको उन्नतिमा बाधा पु्र्याइरहेका छन् । यद्यपी यो परिस्थितिलाई सामान्य सुक्ष्म पोषण कार्यक्रमहरुले धेरै नै सुधार गर्न सक्छ । उदाहरणको लागि यसले यो देखाएको छ कि भिटामिन "ए" को पर्याप्त मात्राले रोकथाम गर्न सकिने अन्धोपनालाई हटाउँन सक्छ, र उचित मात्राको जिंक तथा भिटामिन "ए" ले झाडा पखाला तथा मलेरियाबाट मृत्यु हुने जोखिम २१% देखि १३% सम्मले कम गर्दछ । दादुराबाट हरेक साल बीस लाख बाल बालिकाहरुको मृत्यु हुन्छन्, यद्यपी उचित सूक्ष्म पोषणको मात्राले मृत्यु दरलाई धेरै नै कम गर्न सकिन्छ । अहिले व्यापक रुपमा यो विश्वास गरिन्छ कि पर्याप्त मात्रामा आइरन, भिटामिन "ए" तथा जिंकहरु खाने बिरामीहरु एच.आई.भी. संक्रमणबाट मृत्यु हुने धेरै कम हुन्छ ।

रवान्डा सरकारसंग कार्य गरेर हाम्रा प्राविधिक साझेदार (technical partners)हरुसंग मिलेर PHCले व्यापक अनिवार्य खाद्य सुदृढीकरण कार्यक्रमको ढाँचा तयार गर्न आवश्यकीय तथ्यांकहरु संकलन गर्ने प्रक्रियामा छ । यसको अतिरिक्त जनसंख्याको ठूलो प्रतिशत केन्द्रिय रुपमा प्रशोधित नगरिएको खाना खाने हुनाले २००८ मा सानो स्तरको सुदृढीकरण कार्यक्रमको ढाँचा पूरा गर्ने आशा गरेका छौं जसले साना ग्रामीन मिल (small rural mills) हरुलाई तिनीहरुको अन्नहरु पनि सुदृढीकरण गर्न दिन्छ ।